पर्वतका शिक्षक उपाध्यायले गरे महावीर पुनलाई अर्थिक सहयोग सँगै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 

बिहादी , पर्वत । 

पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानी बिरुवारी घर भइ बिहादी २ बर्राचौरको आम्बारी माविमा अध्यापन गराउदै आउनुभयएका शिक्षक अरुण कुमार उपाध्यायले  आफ्नो जन्मदिनको अवसर पारेर बुधबार बिहानै सामाजिक संजाल हुदै मोबाइलमा कुराकानी गरेर आफुले जन्मदिनमा फजुल खर्च गर्ने भन्दा सेवामा सहयोग गर्ने उदेश्यले केही समयअगाडि सञ्चालनमा आएको महावीर पुनको  राष्ट्रिय आविष्कार केन्द्रले हाल विरगंजको कृषि औजार कारखाना पुनः संचालन गर्न भनि रकम जुटाउन उनी आफै प्रत्येक गल्ली गल्ली प्रति पुस्तक रु ७५० मा पुस्तक बेच्दै हिडीरहेको जानकारी पाएपछि मैले सहयोग गरेको उनै शिक्षकले हामीलाई बताए ।

हाम्रो अनलाइनले उनलाई केको लागि सहयोग गर्नुभयो भनेर सोधेको प्रश्नमा उनले भने :-  पछिल्लो समय देशमा रोजगारी नपाएर देश छाडेर युवाहरु विदेशी बन्न बाध्य भएको बेला देशमानै केही रोजगार दिने भन्दै महावीर पुनको  राष्ट्रिय आविष्कार केन्द्रले हाल विरगंजको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याएपनि सरकारले खासै वास्ता गरेको पनि छैन। त्यो कार्यमा थोरै भए पनि मेरो तर्फबाट सहयोग होस भनेर अर्थिक सहयोग गरेको बताए । 

 

यस्तै उनले अघिल्ला वर्षहरुमा झै यस वर्ष पनि 

आफूले पढाउदै आएको विद्यालय आम्बारी माविका कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाइ हेन्डराइटिङ कम्पिटिसन गराइ प्रत्येक कक्षामा प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाइ शैक्षिक सामग्री समेत  वितरण गर्नु भएको  थियो ।

Comments