महेशपुर क्षेत्रमा शितलहर जोखिम न्युनिकरण कार्यक्रम सम्पन्न
नन्दु यादव। नवलपरासी
केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले तराईमा चिसो हृवात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको छ ।कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ ।
सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन । साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन ।
चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन्।यशै गरि समुदाय प्रहरी साझेदारी अन्तर्गत ईलाका प्रहरी कार्यालय महेशपुरको आयोजना एवम् मुलपानी सामुदायिक वन उपभोक्ता समुह सुनवल-४ नवलपरासी (वसुप) को सहकार्यमा पाल्हीनन्दन गाँउपालिका वडा नं.०१ महेशपुर बजार क्षेत्र र सिमाना क्षेत्रमा "शितलहर जोखिम न्युनिकरण" कार्यक्रम गरीएको ।जाडाेबाट कसरी बच्ने भन्ने बारे अाम नागरिकहरुलाइ सचेत गराईएकाे ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरिक्षक फलबहादुर तामाङ ले जानकारी दिनु भयाे ।







Comments