पाल्पाको कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटनामा१ को मृत्यु
माघ८पाल्पा
पाल्पा जिल्लाको कालिगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार ७ गते राती अन्दाजी ९:५५ बजेको समयमा पाल्पा रम्भा गा.पा. १, भुमर स्थित कालिगण्डकी करीडोर सडक खण्डमा दुर्घटना भएको हो ।
उक्त खण्डको पिपलडाँडाबाट हुँगी तर्फ आउँदै गरेको ग. १४ प. ३७५ नम्बरको मोटरसाईकल सडकबाट अन्दाजी २ सय मिटर तल कालिगण्डकी किनारमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हुँगीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक र ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरीक्षकको पहलमा प्रहरी टोली अनुसन्धान पश्चात मोटरसाईकल चालक जिल्ला पाल्पा रम्भा गा.पा. १ असर्दी बस्ने बर्ष २८ को हेमन्त जि.टी. को घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक जि.टीको मृत शरीरलाई पोष्टमार्टमको लागि रामपुर अस्पताल पाल्पामा पठाईएको सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिनुभयो । प्रहरी निरीक्षक भट्टका अनुसार उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको समेत बताउनुभयो ।







Comments