सानिमा जिअाईसी ईन्साेरेन्सद्वारा महेन्द्र मा.बि.लाई कम्प्युटर हस्तान्तरण

नन्दु यादव 

नवलपरासी असार १२

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपपुर गाउपालिका वडा न ३मा रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनीलाई अाज सानिमा जिअाईसी ईन्साेरेन्स लिमिटेड द्वारा ३सेट डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएकाे  छ।

बिद्यालयकाे कामलाई प्रविधिमय  तथा दक्षजनशक्ति उत्पादन गर्ने उदेश्य ले सहयाेग गरिएकाे सानिमा जिअाईसी ईन्साेरेन्स सस्थाका प्रदेश प्रमुख अर्जुन सुबेदीले जानकारी दिनु भयाे ।सामाजिक उत्तरदायित्व अन्तर्गत यस बिद्यालय लाई उपलब्ध गराएको कम्प्युटर मार्फत सेवा प्रवाहमा सहजता तथा बिद्यार्थी हरुकाे सिकाई सहजिकरण हुने  बिमा प्राधिकरण का बलराम गिरीले विश्वास व्यक्त गर्नु भयाे।

बिद्यालयका प्राधानाध्यापक याेगेन्द्र प्रसाद बनियाले कम्प्युटर सहयोग गर्ने सबैमा बिशेष धन्यवाद दिँदै पठन–पाठनमा थप सहज हुने बताए।

यसकाे मुख्य उद्देश्य डिजिटल साक्षरता बढाउनु र प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने बिश्वास लिएकाे वडा न ३ वडा अध्यक्ष ऋषिदेव दासले बताउनु भयाे  विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच पुर्याउने दक्षजनशक्ति उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले  विद्यालयमा उक्त सामग्री बितरण गरेकाे सानिमा जिअाईसी ईन्साेरेन्स लि. भुमहि  शाखाका प्रमुख अजय यादवले बताउनु भयाे।कार्यक्रम मा कुबेर बचत तथा ऋण सहकारी सस्थाका ब्यवस्थापक लक्ष्मण काेईरी ले यसले बिद्यालयकाे बिद्याथीहरुलाई सिकाई थप प्रभावकारी हुने बिश्वास लिएकाे बताउनु भयाे।कार्यक्रम लाई सहायक प्राधानाध्यापक दिगबिजय गाैरव थारुले सन्चालन गर्नु भएकाे थियाे ।

Comments