पाचौं आधारभुत तह तथा दोस्रो राष्ट्रपति रिनिङशिल्ड खेलकुद प्रतियोगीताको शुरु

नन्दु यादव  नवलपरासी , १३ माघ ।

पश्चिम नवलपरासीको प्रतापपुरमा आज देखी प्रतापपपुर , पालिका स्तरीय पाचौं आधारभुत तह तथा दोस्रो राष्ट्रपति रिनिङशिल्ड खेलकुद प्रतियोगीताको शुरु भएको छ  ।  खेलकुद प्रतियोगीताको एक कार्यक्रम विच उद्योगपति एवंम् संघीय सांसद बिनोद चौधरीले उद्घाटन गर्नुभयो  । 

सो अवसरमा बोल्दै सांसद चौधरीले एउटा जिम्मेवार जनप्रतिनिधीको हैसियतले जिल्लाको गाम्रीण क्षेत्रको चौतर्फी विकासमा आफुले स्थानिय तह  , प्रदेश सरकार साथै संघीय सरकार संग आवश्यक  समन्वय गदैै आएको बताउनुभयो ।  खेल क्षेत्रको कुनै भेग र परिधी नहुने भएकाले शिक्षालाई आधुनिकता संगै संचार र प्रविधी संग जोड्दै लैजानुपर्ने बताउनुभयो  । 

सोही अवसरमा बोल्दै सांसद चौधरीले शिक्षालाई सिप संग र सिप लाई रोजगारी तर्फ जोड्ने काममा आफु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पांच बर्षको अवधिमा आफु यस क्षेत्रको चौतर्फी विकासमा उत्कृष्ट काम गर्ने  बताउनुभयो । 

 

प्रतियोगीतामा प्रतापपुर गाउंपालिका अन्तर्गतका  सामुदायीक  , धार्मिक , मदरसा तथा संस्थागत गरी ५१ वटा विभिन्न बिद्यालयका बिद्यार्थीहरुले प्रतियोगीतामा प्रतिनिधित्व जनाएका छन् । प्रतियोगीतामा दौड ,रिले दौड , सटपुट,  हाईजम्प , लमजङ्ग ,  जेबीलिङ्ग  (भाला फाल्ने ),  भलिवल  , व्याटमिन्टन  , कवड्डी  लगायतका विबिध खेलमा बिद्यार्थी बिच प्रतिष्पर्धा हुने छ । 

 

सो अवसरमा प्रतपपुर गाउंपालीकाका अध्यक्ष उमेश चन्द्र यादव  ,  बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष  श्रीराम पासी ,  प्रतापपुर वडा न ७ का वड अध्यक्ष  हरेन्द्र यादव  लगायतले आ आफ्नो बिचार राख्नुभएको थियो । प्रतियोगीता आगामी माघ १७ गतेसम्म चल्ने छ  ।  

Comments