पाल्हिनन्दनमा दाेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
लक्ष्मी हरिजन माघ२२नवलपरासी
नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिका वडा न २मा रहेकाे हरपुर माध्यमिक बिद्यालय हरपुरमा दाेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। पाल्हिनन्दन गाउउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताकाे अधतथा पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख अतिथ्यतामा उदघाटन कार्यक्रम भएकाे हाे ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि देवेन्द्रराज कण्डेलले राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा सरकारले पर्याप्त लगानी गर्ने बताए।
उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पनाादन गरिनुपर्छ।मानिसको शारीरिक र मानसिक विकासका लागि खेलकुद महत्वपूर्ण कडी भएको बताउँदै विद्यालयस्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुर्याउने बताउनुुभयाे।कार्यक्रममा मा प्रदेश सभा सदस्य बैजनाथ जैसवाल , खडक बहादुर बस्नेत , जिल्ला समन्वय समिति प्रमुख भगवती प्रसाद यादव, पाल्हिनन्दन गापा उपाध्यक्ष फातिमा खातुन, प्रसाशकिय अधिकृत बुद्ध प्रसाद पौडेल , विधालय ब्यवस्थापन समिति अध्यक्ष ध्रुव नारायण बनिया , लगायतले बाेल्नु भएकाे थियाे।प्रतियाेगितामा कबड्डी ,भलिबल ,हाईजम्प लङजम्प लगायतकाे खेलहरु हुने बताईएकाे छ।खेलमा १५वटा बिद्यालयकाे सहभागिता रहेकाे छ







Comments