नवलपरासीमा संचालीत ठुला आयोजनाहरुको प्रगती बारे छलफल
नवलपरासी, २८ फागुन ः
पश्चिम नवलपरासी जिल्ला भित्र संचालीत ठुला विकास आयोजनाको प्रगती तथा बिद्यमान समस्या सन्दर्भमा सरोकारवाला बिच छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजीत छलफलमा सम्वन्धीत आयोजना कार्यालयमा प्रतिनिधी , निमार्ण ब्यवसायी प्रतिनिधी सहित आवश्यक सरोकालाहरु निकायको प्रतिनधित्व रहेको थियो ।
छलफलमा बोल्दै संघीय सांसद बिनोद चौधरीले सबै विकास आयोजनाहरुको निमार्ण समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । समस्या परेको स्थानमा सहजीकरण गर्न म तयार छु तर विभिन्न वाहानामा काम ढिलासुस्ती गर्ने छुट कसैलाई छैन सांसद चौधरीले भन्नुभयो ।
सांसद चौधरीले यस अगाबै पनि नवलपरासीमा संचालीत ठुला विकास निमार्णका आयोजनाहरु प्रभावकारी रुपमा समयमै सम्पन्न गर्नुपर्छ भनेर सरोकारवाला निकायमा आवश्यक पहल गर्दै आउनुभएको छ ।
पश्चिम नवलपरासीमा बुटवल नारायणगढ सडक खण्ड र हुलासी सडक खण्डको कामलाई प्राथमिकता साथ हेरिएको छ । जसमध्ये हुलासी सडक खण्डको करिव ३७ किलोमिटर सडक मध्ये १२ किलोमिटर मात्र पुरा काम सकिएको छ । बिगत सात बर्ष काम थालिएको हुलासी सडकको काम बर्षोदेखी अलपत्र पदै आएको छ । ‘जस अनुसार छलफलको क्रममा हुलासी सडक खण्ड अन्तर्गत आगामी ४ महिना भित्र थप ७ किलोमिटरको सडक विस्तारको काम सम्पन्न गर्ने सरोकारवाला बिच सहमती भएको हो ।
यसैगरी बुटवल नारायगण सडक खण्ड मध्ये पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका देखी सुनवल नगरपालिका सम्म करिव ४७ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ ।
वाकी काम समेत तत्कालै सम्पन्न गर्नुपर्नेमा छलफलको क्रममा जोड दिईएको थियो । निमार्ण ब्यवसायीहरुका प्रतिनिधीहरुले आवश्यक निमार्णजन्य सामाग्री अथवा नदीजन्य सामाग्रीको अभाव देखिएको दावी गर्दै आएकोपनि छलफलको क्रममा सरोकारवाला निकायले निमार्ण ब्यवसायीले काम गर्न विभिन्न वाहान बनाउदै आएको दावी गर्दै आएको छ ।







Comments