ट्रकको ठक्करबाट सुस्तामा साईकलयात्रुको मृत्यु
मसिर५
पश्चिम नवलपरासी जिल्ला काे सुस्ता गाउपालिका वडा न १मा ट्रककाे ठक्करबाट १जनाकाे मृत्यु भएकाे छ ।सुस्ता गा.पा.वडा १ बरुवा चोक स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिबेणी तर्फ जादै गरेको लु २ ख ८९३ नं. को ट्रकले सोही दिशा तर्फबाट जादै गरेको साईकल यात्री जिल्ला नवलपरासी सुस्ता गा.पा. १ बरुवा बस्ने बर्ष ६५ को रामजि नेपालीलाई ठक्कर दिदा सख्त घाईते भई उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको बताईएकाे छ।ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ।शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासिमा ल्याईएको र थप अनुसन्धान कार्य जारि रहेको सुचना अधिकारी रेशम बाेहाेराले जानकारी दिनु भयाे ।







Comments