सामाजिक अभियानता पन्थी दुखिहरुको सहारा बन्दै

 

 

पाल्पा-पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा न २ पोखराथोकमा जन्मिनु भएकी सामाजिक अभियान्ता मिना पन्थी दुखिहरूको सारथि  बन्दै आउनु भएको छ । पिता बिनोद रेग्मी र माता तुल्सी रेग्मीको कोखबाट जन्म लिनु भएकि पन्थीले राजेन्द्र पन्थीसँग विवाह गर्नु भएको थियो । पन्थीका एक छोरा र एक छोरी छन । भने श्रीमानले भने संसार छोडेर गई सक्नु भएको छ । लाउलाउ,खाउखाउ उमेरमा श्रीमानको मृत्युु व्यहोर्नु परेको बताउने पन्थी भने सरकारी स्कुलमा स्थाई शिक्षिक हुनुहुन्थ्यो । सानै उमेर देखि कसैले दुख देख्न नसक्ने पन्थीले शिक्षक पेसामा हुदा आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरूको शैक्षिक विकासका लागि सहयोग गर्दै आउनु भएको थियो । 

 

 

पतिको वियोग पछि अनेक दुख र कष्टलाई सामाना गर्दै संघर्ष गर्नुभएकि पन्थीको हाल छोरीलाई डाक्टर बनाउन सफल हुनुभएको छ । लायन्स क्लबका विभिन्न पदहरूका कार्यभार समालि सक्नु भएकि पन्थी नेपाल महिला संघ जिल्ला कार्यसमिति पाल्पाको उपाध्यक्ष समेत रहनु भएको छ । पाल्पा जिल्लाको विभिन्न स्थानहरूका गरिब तथा असहायहरूको दुखमा आर्थिक रूपमा एवम सामाजिक रूपमा सहयोग गर्न पुग्ने पन्थीले सामाजिक कार्यमा अग्रसर हुन पाउँदा आफुलाई खुशी मिल्ने गरेको बताउनुभयो । 

 

 

सामाजिक अभियानता पन्थीले भन्नू हुन्छ ‘जीवन आफ्ना लागि मात्र होइन देश र अरुका लागि पनि हो ।  देशको समृद्धि र राष्ट्रियताको खाचो छ नेपालीमा मैले देशलाई के दिन सक्छु प्रयासरत छु ,जन्म र मृत्यु आफ्नो हातमा होइन भगवानको हातमा हुन्छ । यस धर्तीमा पाइला टेकाउनु भएकोमा पूजनीय मेरा बुबा आमा प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु । तपाईहरुको सम्पूर्ण आशिर्वादले केही परिवर्तन गर्न सक्छु कि भन्नेमा आशा र भरोसा लिएको छु ।

अभियान्ता पन्थीले बताउनुभयो । पन्थीले पाल्पा जिल्लाका  विभिन्न विद्यालय,आर्थिक अवस्था कमजोर भएका व्यक्ति,समुदाय समक्ष पुगेर सामाजिक कार्यलाई अगाडि बढाउनु भएको छ । यसै बिच पन्थीले आफ्नो छोरा  र आफ्नो जन्म दिनको अवसरमा पाल्पाको तानसेन नगरपालिका वडा न २ मा रहेको डे केयर सेन्टर र तानसेन वडा न १ को निल सागर सेवा आश्रमलाई खाधान्न हस्तान्तरण गर्नु भएको छ । पछिल्लो समयमा मानिसहरूले ठुला र महङ्गो होटलहरूमा धेरै रकम खर्च गरेर जन्म उत्सव मनाउने गरेको समयमा अभियान पन्थीले भने फरक किसिमले जन्म दिन मनाउनु भएको हो । तानसेन डे केयर सेन्टरमा हाल १५ जना फरक क्षमता भएका बच्चाहरू रहका छन । ती फरक क्षमता भएका बालबालिकाहरूलाई सामाजिक भावना स्वरूप पन्थीले ५ बारा चामल,तेल,नुन,दाल लगाएतका खाधान्न हस्तान्तरण गर्नु भएको हो । सामाग्री ग्रहण गर्दै डे केयर सेन्टरका सञ्चालन कृष्ण गहतराजले अभियान्ता मिना पन्थीले सामाजिक उत्तरदायित्वको भावना अनुरूप सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सामाजिक क्षेत्रको कदमहरू अगाडि बढ्न सकोस भनी सुभेच्छा प्रकट गर्नु भयो । डे केयर सेन्टरले होम भिजिट मार्फत करिब ८० जना फरक क्षमता भएका बालबालिकाहरूलाई सहयोग गर्दै आएको र हाल तानसेन नजिकै सेन्टरमा ल्याउन सकिने विद्यार्थीहरूलाई निशुल्क रूपमा अध्ययन अध्यापन गराउदै आएको बताउनुभयो । केयर सेन्टरले फरक क्षमता भएका विद्यार्थीलाई आधारभुत ज्ञान प्रदान गरि शैक्षिक क्षेत्रमा अघि बढाउने खालका सिकाइमुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

Comments