प्रतापपुरमा २१अाै रास्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वेविका दिवस मनाईयाे
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका मा २१अाै रास्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयसेबिका दिवस भब्यताका साथ प्रतापपुर गाउपालिकाकाे वडा न १/३मा पर्ने बाउन्नगढी मन्दिरमा मनाईएकाे छ ।प्रतापपुुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रम मा जितकुमार शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा स्वयसेविका सुनिता चाैधरी,भगवती सिह ,वडा न ६का वडा अध्यक्ष केशव अधिकारी ,प्रतापपुर गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत अर्जुन चाैधरी ,जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी का प्रमुख गाैरव ढकाल प्रतापपुर गाउपालिकाकि उपाध्यक्ष मानकुमारी चाैधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि स्वास्थ्य स्वयसेविकाले निशुल्क रुपमा गरिरहेका काम काे गाउपालिकाले उच्च मुल्याङकन गर्दै अाएकाे बताउनु भयाे । अाउने दिनमा पनि तपाईं हरुकाे काम सहयाेग प्रति पालिकाले अावश्यक रुपमा सहयाेग गर्न प्रतिबद्धता ब्यक्त गर्नु भएकाे थियाे ।स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन तपाईहरुकाे महत्त्वपूर्ण याेगदान रहेकाे बताउनुभयाे।अझ पनि नवलपरासी जिल्लाकै स्वास्थ्य क्षेत्रमा पहिलाे स्थानमा पहिलाे नमुना पालिका बनाउन सबैले लाग्नुपर्ने कुरामा जाेड दिनु भयाे।जिल्लाकै नमुना पालिका बनाउनुपर्ने मेराे मान्यता रहेकाले तेेसै अनुसार सम्पुर्ण स्वास्थ्य कर्मी ,कर्मचारी ,स्वयसेविका लगायत सबैले खटिनुपर्ने अावश्यक रहेकाे बताउनु भयाे ।तपाईहरुकाे याेगदानलाई पालिकाले ले उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप कम्बल तथा ड्रेस समेत बितरणगरिएकाे बताउनु भयाे।कार्यक्रम मा सम्मान स्वरुप कम्बल तथा ड्रेस पाउँदा अाफुहरु खुसि रहेकाे स्वयसेविकाहरुकाे भनाई रहेकाे थियाे ।कार्यक्रम लाई प्रतापपुर स्वास्थ्य शाखाका प्रमुख मन्ताेष कुशवाहाले सन्चालन गर्नु भएकाे थियाे ।







Comments