नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ

सहबान अन्सारी

नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ परेका छन।

शुक्रवार रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोक स्थित विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ भन्सारटोल बस्ने २८ बर्षिय अम्जद डफालीले प्रयोग गरेको युपी ५७ ए एक्स २६८० नम्बरको मोटरसाईकलमा पछाडी सवार सरावल गाउँपालिका वडा न.७ बस्ने वर्ष २१ को हासन डफालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

 हासनको  शरिर र बोकेको कालो रङको झोला चेकजाँच गर्दा  झोला भित्र ५ वटा कालो प्लाष्टिकको पोका बनाई राखेको अवस्थाम २/२ यमयलको डाईजेपाम ९८५एम्पुल, फेनरगन ९८७ एम्पुल,बुप्रिनुर्फिन १००५ एम्पुल,सामसङ्ग कम्पनिको मोवाईल २ थान किप्याडमोवाईल थान १  प्रहरीले बरामद गरेको हो ।

प्रयोग गरेको मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

Comments