निल सागर सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

पाल्पा  

अभियानता पन्थीले तानसेन वडा न १ मा रहेको निल सागर सेवा आश्रमलाई पनि खाधान्न हस्तान्तरण गर्नु भएको छ । पन्थीले जन्मकै अवसर पारेर ४ बोरा चामल,दाल,नुन,तेल लगाएतले आश्रमका कार्यावाहक अध्यक्ष प्रकाश नाथ गंगोललाई वृद्धहरूले मनोरन्जनका लागि डिस्महोमको रिचार्जका लागि ६ महिना बराबरको रकम हस्तान्तरण गर्नुभएको हो । हाल सेवा आश्रममा २० जना बेसाहारा नागरिकहरूले आश्रय लिएका बसेका कार्यावाहक अध्यक्ष गंगोलले जानकारी दिनुभयो । हाल आश्रममा तार जालीको उचित व्यवस्थापन नहुदा आश्रममा रहेका नागरिकहरू आश्रम छाडेर जाने गरेको बताउदै यस्को व्यवस्थापनका लागि चुनौती समेत रहेको बताउनुभयो । आश्रमलाई सम्झिएर अभियान्ता पन्थीले सहयोग गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो । अभियान्ता पन्थीले सेवा आश्रमका वृद्ध वृद्धा नागरिकहरूलाई मध्ये नजर गरि आगामी दिनमा शुद्व खानेपानीका लागि युरोगाड जडान गरिदिने बताउनुभयो । 

 

 

पछिल्लो समयमा मानिसहरूले सामाजिक कार्य प्रती त्यति ध्यान दिएको पाइदैन तर सामाजिक अभियान्ता पन्थीले भने पाल्पा जिल्लाका हरेक बस्ती बस्तीका विपिन्न नागरिक एवम विद्यालयहरूमा पुगेर शैक्षिक विकासका लागि झोला वितरण,ट्याक सुट वितरण,शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । भने आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकहरूको नबोलेको चुलो बाल्न सहयोग गर्नु भएको छ । पन्थीले शारीरिक रूपमा अशक्त भएका,दीर्घरोगका सिकार भएका नागरिकहरूको घरघरमै पुगेर आर्थिक एवम खाधान्न सहयोगका कार्यलाई अगाडि बढाउनु भएको छ । पन्थीले जिल्ला रिब्दीकोट गाउँपालिका वडा न १ ख्याहाका विभिन्न स्थान,तानसेन नगरपालिका वडा न ११ बन्दिपोखराका विभिन्न स्थान,बगनासकाली,रैनादेबी छहरा तिनाउ लगाएतका स्थानहरूमा पुगेर शैक्षिक विकास,आर्थिक ,सामाजिक क्षेत्रमा महोत्वपुर्ण सामाजिक अभिभाराको कार्यलाई अगाडि बढाउनु भएको छ ।

 

 

सामाजिक अभियान पन्थीले जिल्लाको सामाजिक रूपमा पिछडिएका,आर्थिक अवस्था कमजोर भएका व्यक्ति,समुदाय र संघ सस्थामा पुगी सामाजिक कार्यलाई अगाडि बढाउनु भएको छ । सामाजिक अभियान्ता पन्थीले यो अभियान समाजका विपन्न नागरिकहरूको आर्थिक अवस्थामा सुधार गर्न,आर्थिकको कारणले शैक्षिक गतिविधिमा सामेल हुन नसकेको विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्नमा योगदान पुगेको छ ।

Comments