त्रिवेणीमा माघे अाैसी मेला मा भक्त श्रध्दालु काे घुईचाे

नन्दु यादव नवलपरासी 

पुर्वी नवलपरासी काे बिनयी त्रिवेणी गायपालिका वडान ६मा माघे अाैशीकाे उपलक्ष्यमा मेला लागेकाे छ ।

माघे औँसीको अघिल्लो दिन मङलवारबाट यहाँ मेला लागेको छ।भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न अाएका छन।

मङलवार देखि नै आएका भक्तजन त्रिवेणी धाममा दर्जनौँ मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन्। त्रिवेणी धाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा बुधवार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको हो।

त्रिवेणी धामदेखि दुई किलोमिटर दक्षिण पश्चिमका सडकका किनारमा मिठाई पसल, होटल र खाद्यान्न सामग्री बिक्री गर्ने त्रिपाल टाँगेर बसेका छन्। मेलाका कारण त्रिवेणी बजार र यस आसपासका पाँच दर्जनभन्दा बढी होटल भरिभराउ छन्। नारायणी नदीका घाट स्नानका लागि व्यवस्थित गरिएको छ। नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ।

मेलाको भीडभाडमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको सङ्ख्या पनि बढाइएको छ। माघे औँसीमा त्रिवेणी धाममा स्नान गर्न देवतासमेत आउने जनविश्वास रहेकाले औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको छ।

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाम भएकाले र महिनामा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहेको छ।  उता भारतिय सिमा नाका झुलनीपुर बाट अाउने चारपाङ्रे सवारी साधन अाउनमा भारतीय एसएसबिले राेक लगायपछि भारतीय भक्त तिर्थार्लुहरुले पैदल यात्रा गरेर अाउन बाध्यता रहेकाे प्रतापपपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयाे ।सवारी साधनमा राेक लगाय पछि कति पय भारतिय तिर्थालुहरुले मेला मा अाउन झन्झट मान्दै नअाएकाे बुझिएकाे छ ।यसले नेपाल र भारत बिच रहेकाे सम्बन्ध लाई पनि कमजाेर बनिरहेकाे अध्यक्ष यादवले बताउनु भयाे ।तत्काल नवलपरासी मा रहेका सबै छाेटी भन्सार कार्यालयहरु खाेलिनुपर्ने सरकार सग माग समेत गर्नु भयाे ।दुबै देशले अाफ्नाे तर्फ सिमा नाका सहजरुपमा सन्चालन गरिनुपर्ने कुरामा जाेडदिनु भयाे ।

Comments