महाशिवरात्रिको अवसरमा सरावलको अत्रहटीमा तिन दिवसिय मेला आयोजना हुने
रामु भुषाल बर्दघाट माघ २६,
पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ अत्रहटी स्थित शिव मन्दिरमा महाशिवरात्रीको अवसर पारि सांस्कृति कार्यक्रम सहितको ५१ औँ महाशिवरात्रि मेला महोत्सवको आयोजना हुने भएको छ ।
हरेक बर्ष झै यस बर्ष पनि महाशिवरात्रि मेला ब्यवस्थापन समिति सरावल २ अत्रहटीले शिवमन्दिर परिसरमा तिन दिवसिय महाशिवरात्रीको मेला आयोजना गरिरहेको समितिका अध्यक्ष देवानन्द चौधरीले जानकारी दिनुभएको छ ।
यस क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका विभिन्न जात जातिका रितिरिवाज, कला,सस्कृतलाई सरंक्षण गर्दै आउदो पुस्तालाई हस्तान्तरण गर्न मेलाको आयोजना गर्दै आइएको बताउदै अध्यक्ष चौधरीले सो दिन दर्शन गर्न आउने दशनार्थीरुलाई प्रसादको व्यवस्थापन गर्ने गरिएको बताउनुभयो ।
जिल्लाको चर्चित पुरातात्विक एवंम ऐतिहासिक रुपमा रहेको तर प्रचार–प्रसार अभावमा ओझेलमा परिरहेको सो मन्दिरमा यसरी वर्षेनी महाशिवरात्री मेला लाग्ने गरेपनि यसको पुरातात्विक ऐतिहासिकता बारेमा चर्चा नभएको प्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । महाशिवरात्री मेलाका दिन बिभिन्न समिति, उप–समितिहरु गठन गरी सयौंको संख्यामा स्वंयमसेवकहरु साथै सुरक्षाकर्मी समेत खटाईने समितिका सचिव दामोदर देवकोटाले जानकारी दिनुभएको छ ।
महाशिवरात्री पर्वको दिन रात भर शिवमन्दिरमा धुनी जगाई स्थानीयवासीले जाग्राम बसी शिवको आरधाना गर्ने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष भक्तजनहरुको घुंईचो बढ्ने सो मेलामा यसवर्ष पनि भलिबल प्रतियोगिता संगै विभिन्न चर्चित कलाकारहरु सहितको सांकृतिक कार्यक्रमको आयोजना गर्न लागिएको सचीव देवकोटाले जानकारी दिनुभयो । महाशिवरात्रि मेला ब्यवस्थापन समिति सरावल २ अत्रहटीको आोजनामा सञ्चालन हुने उक्त मेलामा नवलपरासी, रुपन्देही लगाएत छिमेकी राष्ट्र भारतको सिमावर्ती जिल्लाहरुबाट पनि भक्तजनहरु अवलोकन गर्न आउने यो भगवान शिव उत्पति भएको अवसरमा मनाईने हिन्दुहरुको प्रमुख पर्वको रुपमा पर्दछ । भगवान शिवको उत्पति कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्व मनाईने पुराणहरूमा वर्णित छ ।







Comments