प्रतापपुर गाउपालिकाद्वारा स्नातकतहमा अध्ययनरत छात्राहरुलाई साईकल बितरण

बैशाख २९नवलपरासी 
 
प्रतापपुर गाउँपालिकामा  छात्राहरुलाई साईकल प्रदान गरिएको छ। 
 
छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले  छात्राहरुलाई साईकल प्रदान गरिएको हो। 
 
प्रतापपुर गाउपालिका अध्यक्ष  उमेशचन्द्र  यादवले साइकल प्रदान गर्दै साइकलले स्नातकतह मा उपस्थितिमा नियमितता र छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै पढाईमा उत्प्रेरित गर्ने बताउनुभयो । उहाँले महिला सशक्तीकरणका लागि साईकल बितरण गरिएको जानकारी दिनुभयो । प्रतापपुर गाउपालिका भित्र रहेका १०३जना छात्राहरुलाई साईकल बितरण गरेकाे बताईएकाे छ ।साईकल ग्रहण पछि छात्राहरुले गाउपालिकाले उपलब्ध गराएकाे साईकल ले पढाईप्रति साहस र उर्जा थपेकाे बताएका थिए । कार्यक्रममा गाउपालिका प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे,बिद्यालय निरिक्षक डिलिराम ढुङगाना ,उपाध्यक्ष मानकुमारी चाैधरी वडा न १महेन्द्र प्रसाद चाैधरी ,वडा न ८का सन्ताेष राजभर ,वडा न ९का वडा अध्यक्ष जय किशुन चाैधरी  लगायतले शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।

Comments