बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ सुरु
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ७ बर्गगदवा रहेको बर्दघाट कालिका मन्दिरमा अाज देखि श्रीश्री १०८रुद्र महायज्ञ सुरु भएकाे छ ।मन्दिरबाट अाज कलश यात्रा निकाली भुजहवा ,ठुलाेखैरटवा ,साेमनी , दरखासे ,जगर्नाथपुर हुँदै अाज गण्क नहरमा पुगि कलशमा जल भरि पुन मन्दिर मा पुगि अाज महायज्ञ सुरु गरिएकाे बर्दघाट कालिका मन्दिर सरक्षण सस्था का अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिनु भयाे।महायज्ञ २६गते सम्म सन्चालन हुने जनाईएकाे छ ।मन्दिर बिकासका लागि महायज्ञ कार्यक्रम लाई निरन्तरता दिने अध्यक्ष यादवले बताउनु भयाे। महायज्ञमा रात्रीकालिनमा सास्कृतिक रामलिला कार्यक्रम हुने बताईएकाे छ।महायज्ञमा पण्डित बलराम चाैबेले प्रबचन दिने बताइएकाे छ। अहिले याे मन्दिर पर्यटकीय स्थलको रुपमा बन्दै गइरहेको छ। हरेक दिन सयौंको सङ्ख्यामा आन्तरिक पर्यटन तथा भारतको विभिन्न ठाउँबाट भक्त श्रद्धालु आउने गरेका छन्। विगत सयाै वर्ष अगाडि देखि नै यो धार्मिक स्थलको रुपमा चिन्ने गरिन्छ। सयाै वर्ष अगाडि यो ठाउँमा जङ्गल मात्र रहेको थियो। त्यहीबेला कालिका माता आएर आफ्नो यस ठाउँमा बास बसिन् ।त्यसैले यहाँको नाम बर्दघाट कालिका मन्दिर राखिएको स्थानियहरु बताउछन । भने त्यही दिन अर्को उनको बहिनी भारतको सियाभारमा गएर बास बसिन्।तेसैले भारतमा सियाभार कालिका मन्दिर राखिएको मन्दिरका पुजारी सुदामा दास यादवले बताउनुभयो। याे ठाउमा कालिका माताकाे बासस्थान भएपछि बिस्तारै जंगल काट्दै र मन्दिर निर्माण गरिएकाे थियाे । खासगरी यहाँ मानिसहरूले भाकल गरेको कुरा पूरा हुने धार्मिक विश्वास गरिन्छ। बच्चा नहुने विभिन्न रोगबाट ग्रसित बिरामी निको नहुने घरमा भूत प्रेतले सताएको लगायत कुरा यहाँ भाकल गर्दा यी समस्याहरु समाधान भइरहेको भक्तश्रध्दालु हरु बताउछन। प्रत्येक दिन यहाँ हजाराै भक्त श्रध्दालुहरुकाे भिडभाड रहेको देख्न सकिन्छ। नेपालको बिभिन्न ठाउँ बुटवल ,भैरवहवा सुनवल तथा मित्र रास्ट्र भारतबाट भक्तश्रध्दालुहरु अाउने गरेकाे पुजारी यादवले बताए । मन्दिर परिसरमा कालिका ,पार्वती ,गणेश भगवान ,हनुमान, शंकर भगवान लगायतको भगवानको मूर्ति रहेको बताइएको छ। मन्दिर प्राङ्गणभित्र मनोरम हरियाली वातावरण रहेको छ। शान्तपूर्ण वातावरणमा अवस्थित यस मन्दिरमा विभिन्न ठाउँबाट पिकनिक समेत आउने गरेका छन् पिकनिकका लागि तीनवटा ट्रस्ट समेत बनाइएका छन्। मन्दिरमा २० वर्षदेखि प्रत्येक वर्ष रामनवमीको दिनमा महायज्ञ समेत हुँदै आएको छ। मन्दिर विकासका लागि महायज्ञ गर्दै आएको बताइएको छ। निकै शान्त ठाउँमा अवस्थित यो मन्दिरको विकासमा का लागि सरावल गाउँपालिकाबाट पनि बजेट विनियोजन गरिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो। यस मन्दिरलाई विकास गर्न गाउँपालिका लागि परेको समेत उहाँले बताउनुभयो ।मन्दिरकाे विकास गरी सरावल गाउँपालिकालाई धार्मिक स्थलकाे रुपमा प्रस्तुत गराउने लक्ष्य रहेको समेत चौधरीले बताउनुभयो। यसैगरी वडा नम्बर ७ बाट पनि समेत बजेट विनियोजन हुँदै आएको वडा नम्बर ७ का वडा अध्यक्ष हेयात खान धुनियाले जानकारी दिनुभयो।याे मन्दिर लाई नवलपरासी कै प्रमुख पर्यटकिय स्थल काे रुपमा पहिचान गराउन लागि परेकाे वडा अध्यक्ष धुनियाले जानकारी दिनु भयाे ।







Comments