प्रतापपुर गाउपालिका पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा
नन्दु यादव बैशाख१२ नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका अाज एक कार्यक्रम बिच पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा कार्यक्रम सम्पन्न भएकाे छ ।प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादव काे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासी का सधापति भगाैति यादव काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे छ।कार्यक्रममा गाउपालिका उपाध्यक्ष मानकुमारी चाैधरी ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे।कार्यक्रम मा वडा न ९वडाअध्यक्ष जयकिशुन चाैधरी,जिल्ला स्वास्थ्य कार्यालयका खाेप अधिकृत भेषराज शर्मा जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख अगद बहादुर शाहि लगायतले बाेल्नु भएकाे थियाे ।प्रतापपुर गाउपालिका भित्र कुनै पनि बच्चा खाेपबाट नछुटेपछि गाउपालिका लाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना कार्यक्रम घाेषणा गरिएकाे हाे।प्रतापपुर लुम्बिनी प्रदेशकै तेस्राे गाउपालिका घाेषणा भएकाे बताईएकाे छ।प्रतापपुर मा २८वटा खाेपकेन्द्र सेवा बाट खाेप प्रदान गर्दै अाएकाे छ । ८१५लाई पुर्ण खाेपकाे दायरामा ल्याई पुर्ण खाेप घाेषणा गरिएकाे हाे ।कार्यक्रम लाई प्रतापपपुर स्वास्थ्य सस्थाका प्रमुख मन्ताेष कुशवाहाले सन्चालन गर्नु भएकाे थियाे ।कार्यक्रममा जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,स्वास्थ्यस्वयंसेवीका पत्रकार हरुकाे सहभागिता रहेकाे थियाे ।







Comments