पुर्ण संस्थागत प्रसुती वडा घोषणा

नवलपरासी जेठ२

पाल्हिनन्दन गाउँपालिका वडा नं ४ मा वडा स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितीका अध्यक्ष रविन्द्र शहानीको अध्यक्षता तथा पालिका स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितीका अध्यक्ष एवं बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यता तथा ईन्द्रेणी सामाजिक विकास मञ्चको आर्थिक तथा प्राविधिक सहयोगमा  पुर्ण संस्थागत प्रसुती वडा घोषणा कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय प्रहरी कार्यालयका प्रतिनिधी, स्वास्थ्य व्यवस्थापन समिती, स्वयंसेविका, स्वास्थ्यकर्मी र स्वास्थ्य आमा समुहका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुप्ताले यस गाउँपालिकामा रहेका ६ वटा वडा मध्ये यस वडालाई पहिलो पटक पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न पाउँदा अत्यन्तै खुसीको क्षण भएको र स्वास्थ्य आमा समुह तथा समुदायमा गर्भजाँच, सुत्केरी जाँच तथा स्वास्थ्य संस्था मै सुत्केरी गराउनका लागि जनचेतना जगाई वडालाई यस अवस्था सम्म ल्याउनका लागि विशेष भुमिका निर्वाह गरेकोमा ईन्द्रेणी सामाजिक विकास मञ्चलाई विशेष धन्यवाद दिदै अब अरु वडालाई समेत क्रमिक रुपमा घोषणा गर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै ईन्द्रेणी सामाजिक विकास मञ्चकी बसन्ती कुमारी क्षेत्रीले ईन्द्रेणीले स्वास्थ्य, शिक्षा,बाल अधिकार, कृषि कार्यक्रम जस्ता कार्यक्रमहरु पालिकाको समन्वयमा गरिएको र यस पालिकामा स्वास्थ्य आमा समुह, स्वयंसेविका तथा अन्य समुह परिचालन गरेर घरमा सुत्केरी हुँदा हुने असरका बारेमा कार्यक्रम मार्फत जानकारी गराई यो कार्यक्रम गर्न सफल भएको बताउनु भयो ।  उक्त वडामा गत एक वर्षमा ९५ जना सुत्केरी भएकोमा ९५ जना नै स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । कार्यक्रमको संचालन पाल्हि अस्पतालका विष्णु पाण्डेले गरेका थिए । 

Comments