इन्द्रेणी द्वारा सामाग्री हस्तान्तरण

जेठ २ 

प्रतापपुर गाउँ पालिका वडा नम्बर ७ सुर्यपुरामा इन्द्रेणी सामाजिक विकास मंचले एक कार्यक्रमका बिच जिबिकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले युनाइटेड मिसन टु नेपाल र इन्द्रेणीको साझेदारीमा संचालित पुनजीवन कार्यक्रम अन्तर्गत १४ जना कृषक लाई बाख्रा तथा एकीकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना अन्तर्गत गैर कृषि कार्यमा किराना पसलकको लागि फ्रीज, चिया पसल संचालनको लागी सामान, कपाल काट्नको लागि सामान लगाएतका सामाग्री ११ जनालाइ  कुल ८ लाख बराबरको सहयोग गरिएको परियोजना संयोजक सुर्य गैरेले बताउनु भयो । कार्यक्रम इन्द्रेणी सामाजिक विकास मंचका सचिव होमराज कुवरको अध्यक्षता तथा प्रतापपुर गाउँ पालिका उपाध्यक्ष मान कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख अतिथी चौधरीले पालिका सङ्ग समन्वय गरेर इन्द्रेणीले बिपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि गरेको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको बताउदै वितरण गरिएको सामानको समुचित प्रयोग गर्नु पर्ने र कार्यक्रमको उदेश्य अनुसार जिवनमा परिवर्तन आउनका लागि नियमित रुपमा अनुगमन गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सहभागिको तर्फ बाट प्रमोद चमार, खुर्सेद हजामले यी सामान हरुको प्रयोग गरेर आम्दानी बढाउने बताउनु भयो । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष कुवरले इन्द्रेणी समाजमा रहेका बिपन्न, दलित, पछाडी पारिएका परिवार, अपांगता हरुलाई  विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताउनु भयो ।

Comments