निशुल्क अाखा चेकजाच शिविर सम्पन्न

नन्दु यादव नवलपरासी जेठ६

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न १र २मा अाज निशुल्क अाखा चेकजाच शिविर सम्पन्न भएकाे छ।वडान १का वडा अध्यक्ष का महेन्द्र बहादुर चाैधरीकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका का उपाध्यक्ष मान कुमारी चाैधरीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा वडा सदस्य  कल्पना चाैधरी ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा पाल्हिनन्दन ट्रेनिङ सेन्टरकाे रमेश चाैहान ,बिनाेद निता कण्डेल अाखा अस्पताल परासीका प्रमुख अजय पाण्डे ,वडा न२ का वडा अध्यक्ष रामनरेश अहिर लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि मानकुमारी चाैधरीले अाखा नै हाम्राे जीवन, धनसम्पन्ति ,हरेक चिज रहेकाेले समयसमयमा अाखाकाे चेकजाच गरानुपर्ने अावश्यकता रहेकाे बताउनु भयाे।वर्षाैंदेखि आँखा नदेखेर थला परेका बिरामीहरूले उपचार पश्चात संसार देख्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको बताउनुभयो। आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेकालाई यो शिविरले राहत भएको बताउनु भयाे। अाखा बिना रातदिन बराबर हुने भएकाेले अाफ्नाे अाखा अाफै जाेगानुपर्ने तथा समयसमयमा डाक्टरकाे सल्हाह लिई अाखालाई स्वस्थ्य राख्नु पर्ने बताउनु भयाे । कार्यक्रममा स्थानीय, पत्रकार ,जनप्रतिनिधिहरुकाे सहभागिता रहेकाे बताउनु भयाे ।वडा न १र२काे अार्थिक सहयाेग तथा पाल्हिनन्दन ट्रेनिङ सेन्टरकाे काे सहजिकरण तथा बिनाेद निता कण्डेल अाखा अस्पताल काे प्राबिधिक सहयाेगमा अाखा शिबिर सम्पन्न भएकाे हाे।चेकजाचबाट माेतियाबिन्दु हुनेलाई निशुुल्क शल्यक्रिया गर्ने बताईएकाे छ ।

Comments