विश्व बुवा तथा आमा दिवसको अवसरमा जलपान कार्यक्रम सम्पन्न
पप्पु रेग्मी बर्दघाट, १८ जेठ ।
पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट-१४ धर्मवस्ती स्थित जेष्ठ नागरिक मुस्कान केन्द्रको आयोजनामा विश्व बुवा तथा आमा दिवसको अवसरमा विशेष जलपान कार्यक्रम सम्पन्न भएको छ ।
बर्दघाट–१४ गङ्गाबस्तीको सेन्टर प्लटमा आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पाध्यायको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले जेष्ठ नागरिक आमाबुबा प्रति सम्मान व्यक्त गर्दै, "सृष्टिका मूल आधार हुन् आमाबुबा भन्दै, कसैले उहाँहरूलाई हेला गरेमा, सम्बन्धित परिवारलाई नगरपालिकामा उपस्थित गराई आवश्यक कारवाही गरिने बताउदै, नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मानपूर्वक जीवन यापन गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यसैगरी, विशेष अतिथिकाे आसनबाट नगर उप-प्रमुख रूद्र प्रकाश उपाध्यायले बाेल्दै, केही सन्तानहरूले बुवा-आमाको हेरचाह नगर्ने गुनासो आउने गरेको बताउँदै, "संविधान र कानूनले जेष्ठ नागरिकको अधिकार सुनिश्चित गरेको बताउनुभयो । यस्ता घटनामा न्यायिक समितिबाट सहजीकरण गर्न नगरपालिका सधैं तयार रहेको बताउनुभयो ।
संस्थापक अध्यक्ष टेक बहादुर गिरी, सदस्य हेमा गिरी, संस्थाकाे उपाध्यक्ष ईन्द्र जि.सी. लगाएतले शुभकामना मनतव्य राख्नु भएकाे थियो ।
कार्यक्रम सञ्चालनका लागि लिला भाट क्षेत्रीले आर्थिक सहयोग संस्थालाई प्रदान गर्नु भएको समाजसेवी मधुसुधन अर्यालले जानकारी गराउनुभयाे । कार्यक्रममा ३ वटा वडाका जेष्ठ नागरिकहरूकाे उल्लेखनीय उपस्थिति रहेको थियो ।







Comments