एसईई २०७९ मा ४ जि पिए सहित पोलस्टार इन्स्टिच्यूट इ. बाे. स्कूलका पोखरेलले गरे पाल्पा जिल्ला टप
पाल्पा,राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०७९ को रिजल्टमा पाल्पाबाट १ जनाले चार जिपिए ल्याएका छन् । पाल्पा जिल्लाको पोलस्टार इन्स्टिच्यूट इङ्लीस वोर्डिङ्ग स्कूल सिजन पोखरलले चार जिपिए ल्याएर पाल्पा जिल्ला टप गरेका हुन । पाल्पाको तानसेन नगरपालिका वडा न ७ प्रभासमा रहेको पोलस्टार इन्स्टिच्यूट इङ्लीस वोर्डिङ्ग स्कूलमा अध्ययनरत विद्यार्थी पोखरेलले उत्कृष्ट ४ जिपिए सहित जिल्ला टप गर्न सफल भएका हुन ।
यस्तै जिल्लाबाट १ सय ९ जना विद्यार्थीले ३.६ देखी माथी जिपिएका साथ ए प्लस ल्याएका छन् । २ सय २५ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जिपिए ल्याई ए ल्याएका छन् । यस्तै ४ सय ७५ जनाले २.८ देखी ३.२ सम्म जिपिए ल्याई वि प्लस, ७ सय ४३ जनाले २.४ देखी २.८ सम्म जिपिएका साथ वि, १हजार २३ जनाले २ देखी २.४ जिपिए ल्याइ सि प्लस ल्याएको शिक्षा विकास तथा समन्वय पाल्पाले जनाएको छ। यसैगरी १ हजार १ सय ९९ जनाले १.६ देखी २ जिपिएका साथ सि, ५ सय ६१ जनाले १.२ देखी १.६ सम्म जिपिएका साथ डि प्लस र ४९ जनाले ०.८ देखी १.६ जिपिएका साथ डि अंक ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।
राष्ट्रिय परिक्षा बोर्डले २ जिपिए भन्दा तल अंक ल्याउने परिक्षार्थीहरु लाई ग्रेड बृद्धिको लागि मौका परिक्षाको लागि अवसर समेत दिएको इकाइ प्रमुख सुवेदीले बताए । विगतका तुलनामा पाल्पाको नतिजा सन्तोषजनक रहेको इकाइ प्रमुख सुवेदीले बताए । पाल्पामा सबैभन्दा बढी पोलस्टार इन्स्टिच्यूट इङ्लीस वोर्डिङ्ग स्कूलका तानसेन प्रभासका विधार्थी सिजिन पोखरेल टप गरेका छन । सोही विद्यालयका थप ९ जनाले ३ जिपिए भन्दा माथि जिपिए ल्याएका छन । ३ भन्दा माथि जिपिए ल्याउनेहरूमा स्नेहा बिष्टले ३.८५,बिनय ज्ञवालीले ३.८०,समीर रेस्मीले ३.८०,बिराज पाण्डेले ३.६०,सुमिना रानाले ३.४५,शिशिर पौडेलले ३.४०,स्वरूप कार्कीले ३.४०,समीर क्षेत्रीले ३.३५ र एलेक्स जि एमले ३ जिपिए ल्याएका स्कुलका प्रिन्सिपल दुर्गा प्रसाद बस्यालले जानकारी दिनुभयो ।







Comments