लिटिल बुद्ध एजुकेशन फाउन्डेसन गापिगन्ज कि तिर्सना गाैडलेSEEमा ल्याईन ४ जिपिए
नवललपरासी(बसुप) जिल्ला अन्तर्गत प्रतापपुर गाउँपालिका वडा नं १ गोपीगञ्जमा अवस्थित लिटिल बुद्ध एजुकेशन फाउण्डेशन नवलपरासी प्रा.लि. मा अध्ययनरत एक छात्राले राष्ट्रिय परीक्षा बोर्ड द्वारा सञ्चालन गरिएको माध्यमिक तह उत्तीर्ण परीक्षा (SEE)–२०७९ मा ४ जिपिए ल्याउन सफल भएकी छन् । सरावल गाउँपालिका वडा नं ५ दुवौलिया बस्ने सुवास गौड तथा अनितादेवी गौडकी छोरी तिर्सना गौडले उक्त सफलता हासिल गरेकी हुन् ।सानैदेखि निकै जिज्ञासु तथा लगनशील विद्यार्थी गौड आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको विद्यालयका प्रअ कृष्णप्रसाद घिमिरे बताउनुभयाे ।
एउटा सामान्य कृषकको परिवारमा जन्मिएकी गौड यस क्षेत्रकै उत्कृष्ट विद्यार्थी मध्ये एक रहेको र आगामी दिनमा पनि सफलता हासिल गर्ने विश्वास विद्यालयका सहायक प्रधानाध्यापक भरतप्रसाद देवकोटा ले बताउनु भयाे ।
घर तथा विद्यालयमा आफूले खोजेको शैक्षिक वातावरण पाएको र आफ्ना अभिभावक तथा शिक्षकको पूर्ण सहयोगका कारण आफूले यो सफलता प्राप्त गरेको कुरा गौडले बताइन्।







Comments