लागुऔषध सहित एक महिला प्रहरीकाे नियन्त्रणमा

 

 

सुरेश यादव,नवलपरासी/साउन १५ ।

 

अवैध लागु औषध विक्री गरेको भन्ने प्राप्त सुचनाकाे आधारमा आज दिउसाे १४:३० बजेको समयमा नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिका वडा नं. ६ पोखरापालीबाट जिल्ला  प्रहरी कार्यालयबाट खटि गई प्रहरी टाेलीले रामग्राम नगरपालिका वडा नं. ०६ पाेखरापालीमा रहेको रामपती अग्रहरीको घरमा डेरा कोठा लिइ बस्ने वर्ष ४० कि गंगोत्री बनियाको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा रहेकाे लागु ओैषध सहित महिलालाई प्रहरीले नियन्त्रणमा लएकाे छ ।

 डाईजाेपाम,फेनरागन,बुपरेनाेफाईन गरी ४२३ एम्पुल र नाईट्राेभेट ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस औषधीजन्य लागु औषध फेला पारी निज गंगोत्री बनियालाई  पक्राउ गरी आवश्यक अनुसन्धानको लागि नवलपरासी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भैरहेको सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

Comments